धितोपत्रको दोस्रो बजार भोलि सोमबारबाट खुल्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ १४, आईतबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असार १४, काठमाडौं । धितोपत्रको दोस्रो बजार भोलि सोमबारबाट खुल्ने भएको छ । आज आइतबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैंठकले सोमबारबाट सेयर बजार खोल्ने निर्णय गरेको बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बताएका छन् । नेप्सेलाई बोर्डले पत्राचार परेपछि नेप्सेले बजार खोल्ने मोडालीटी सार्वजनीक गर्ने अध्यक्ष ढुङ्गानाले जानकारी दिएका हुन् ।

सरकारले लकडाउन गरेसँगै चैत १० बाट बन्द भएको सेयर बजार वैशाख ३० र ३१ गते २ दिनका लागि खुलेको थियो । त्यसपछि पुनः बन्द भएको बजार लकडाउन खुकुलो भएर आर्थिक गतिविधि सुरु हुँदासमेत सञ्चालनमा नआउँदा चौतर्फी विरोध भइरहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस