अफगान शान्तिवार्ता नयाँ चरणमा प्रवेश, तीन दिने युद्धबिराम घोषणा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ श्रावण १४, बुधबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन १४, काठमाण्डौ । लामो समयदेखि ढिलाइ भईरहेको अफगान सरकार र तालिबानबीचको शान्तिवार्ता आगामी हप्ता शुरु हुने सम्भावना बढेको छ । अफगान राष्ट्रपति अस्रफ घानीले तालिबानसँगको मध्यस्थता वार्ता हुन लागेको मंगलबार संकेत गर्नुका साथै दुबै पक्षबीच तीन दिने युद्धबिरामका लागि सहमति भएको छ ।

पहिलो चरणको युद्धबिराम मुस्लिम समुदायको महान पर्व इद अल–अधाको पहिलो दिन यही शुक्रवारदेखि शुरु हुनेछ, र यो अरु दुई दिन निरन्तर जारी रहनेछ । तालिबान समूहले नै यसपटक युद्धबिरामका लागि प्रस्ताव गरेको थियो । राष्ट्रपति घानीले पनि तालिबान समूहसँगको मध्यस्थता प्रयासमा निकै प्रगति भएको बताएका छन् । यसअघि अफगानिस्तानका जेलमा बन्दी रहेका तालिबान समूहका नेता, कार्यकर्ता र लडाकूको बिनाशर्त रिहाईका विषयमा अफगान सरकार र तालिबानबीच मतैक्य हुन सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस