काठमाडौं–तराई द्रुतमार्ग फास्ट ट्र्याकका तीनओटा सुरुङमार्गको स्थलगत सर्भे सम्पन्न

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७७ भाद्र ३१, बुधबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र ३१, काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग फास्ट ट्र्याक आयोजनाको निर्माणमा जटिल मानिएका तीनओटा सुरुङमार्गको स्थलगत सर्भे सम्पन्न भएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन दु्रतमार्गका सुरुङमार्गको अध्ययनका लागि छनोट गरिएको परामर्शदाताले सर्भेको काम सम्पन्न गरी प्रतिवेदन तयार गर्न शुरू गरेको छ ।

७२ दशमलव ५ किलोमिटर किमी लामो उक्त दु्रतमार्गमा महादेवटार, धेद्रे र लेनडाँडामा बन्ने सुरुङमार्ग बनाउन अहिले ड्रिलिङ गर्ने काम भएको र त्यसपछि ड्रिलिङको नमूना परीक्षण गरिने सेनाले मंगलवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । दु्रतमार्गमा सुरुङमार्गको दूरी ६ दशमलव ४१ किमी छ भने जटिलखाले पुलको लम्बाइ १० दशमलव ५९ किमी रहेको छ । द्रुतमार्गमा यी संरचना सबैभन्दा जटिल मानिन्छन् । साथै निर्माणमा पनि बढी समय लाग्ने देखिएको छ । सुरुङमार्गसम्म पुग्न पहुँचमार्ग तथा बेलीब्रिज निर्माण सम्बन्धी कार्य पनि सेनाले अघि बढाएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस