अध्यद्धयको अडान यथावत्, आज बस्ने सचिवालय बैठक अनिश्चित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २०, शनिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाण्डौ । सत्तारूढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रच्ण्डका आ–आफ्नो अडानका कारण आरोप–प्रत्यारोपको दस्ताबेज सचिवालयमै टुंगो लगाएर स्थायी कमिटी बैठकमा जाने प्रयास असफल भएको छ । प्रधानमन्त्री ओलीको अनुपस्थितिका कारण गत १७ गते स्थगित भएको सचिवालय बैठक शनिबारका लागि निर्धारण गरिएको छ ।

ओली पक्षधरले बैठक केही समय रोकेर अध्यक्षद्वयकै बीचमा थप संवाद गर्नुपर्ने मत राखिरहेकाले शनिबारको बैठक बस्ने–नबस्ने निश्चित छैन । यद्यपि अर्का अध्यक्ष पुष्पकमल दाहाल भने सचिवालयमा छलफलका लागि आएका सबै दस्ताबेजलाई स्थायी कमिटीमा लगेर टुंगो लगाउनुपर्ने पक्षमा छन् । उनले शुक्रबार आफूलाई भेट्न आएका नेताहरूलाई पनि यही जानकारी गराएका छन् । अध्यक्ष दाहाललाई भेट्न पुगेका सचिवालय सदस्य ईश्वर पोखरेलले बैठक केही दिन रोकेर साझा प्रस्तावका लागि छलफल अघि बढाउन सुझाव दिएका थिए तर दाहालले प्रस्तावहरूका विषय कमिटीले नै टुंगो लगाउने आफ्नो पूर्ववर्ती अडान यथावत् रहेको बताएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस