प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै, समसामयिक बिषयमा छलफल हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २३, मंगलबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर २३, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । आफ्नै दलभित्रको किचलो चरमोत्कर्षमा पुगेको तथा राजावादीहरूको प्रदर्शन पनि बढिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज ११ बजेलाई सर्बदलीय बैठक बोलाएका हुन् ।

ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग वालुवाटारमा छलफल गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सत्ता संघर्ष चर्किरहेको र दलको स्थायी समिति बैठकमा समेत सहभागी नभएका प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकले धेरैको ध्यानाकर्षण गराएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस