मंसिर २४, काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुलाई बकवास नगर्न सुझाव दिएका छन् ।
डा. भट्टराईले त्यस्ता व्यक्तिलाई विज्ञान, प्रविधि, विदेशी भाषा नपढ्न, गुरुकुलमात्रै जान, अस्पताल नगएर धामीझाँक्री लगाउन, गाडी नचढी पैदल मात्र हिड्न, विदेशी र मेसिनले सिएका लुगा नलागाउन तथा फोन र इन्टरनेट तथा टिभी प्रयोग नगर्न पनि भनेका छन् ।