हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २५, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर २५, काठमाडौ । राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । विभिन्न हिन्दुवादी संगठनहरुले प्रदर्शन गरेका हुन् ।

राजधानीको माइतीघर मण्डलादेखि वानेश्वरसम्म उनीहरुले विरोध प्रदर्शन गरेका थिए । पछिल्लो समय देशभर यस्तो आन्दोलन चलिरहेको छ । २०६२र०६३को आन्दोलनपछि समाप्त भएको राजसंस्थाको पक्षमा अहिले प्रदर्शन भइरहेको हो । राजासहितको संविधान माग्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकका नयाँ समूहहरु पनि सडकमा देखिन थालेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस