संवैधानिक परिषद्को बैठकमा देउवा सहभागी नहुने, आजको बैठक अनिश्चित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २८, आईतबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर २८, काठमाडौँ । प्रधामनन्त्री केपी शर्मा ओलीद्वारा आइतबारलाई तय गरिएको संवैधानिक परिषद्को बैठक सर्ने संकेत देखिएको छ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठक दुई,तीन दिनलाई सार्न प्रधानमन्त्री ओलीलाई सन्देश पठाइसकेका छन् । काँग्रेस नेता रमेश लेखकले पनि भोलिको बैठक सर्ने सम्भावना रहेको बताए । प्रधानमन्त्री ओलीले आइतबार बिहान ९ बजेलाई परिषद्को बैठक बोलाएका थिए । तर शनिबार देउवाले आइतबारको बैठकमा केही दिन सारिदिन आग्रह गरेको बुझिएको छ ।

काँग्रेसले २९ मंसिरमा ओली सरकारविरुद्ध देशव्यापी प्रदर्शनको तयारी गरिरहेको बेला प्रधानमन्त्रीले बोलाएको परिषद्को बैठकमा नजान पार्टीका नेताहरुबाट दबाब आएपछि देउवाले यस्तो आग्रह गरिएको बताइएको छ । शनिबार बसेको काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकमा नेताहरुले विरोध प्रदर्शनको अघिल्लो दिन संवैधानिक परिषद्को बैठकमा जानु उपयुक्त नहुने देउवालाई सुझाव दिएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस