मंसिर २८, काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक आज दिउँसो १ बजे बालुवाटारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने छन् । आजको बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गरेर टुङ्ग्याउने तयारी ओली पक्षको छ । लामाको कोरोना सङ्क्रमणका कारण मङ्सिर २४ गते निधन भएको थियो ।