भेनुजुएलामा डुङ्गा दुर्घटनामा परी कम्तीमा १४ को मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ मंसिर २९, सोमबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर २९, काठमाण्डौ । त्रिनिदाद र टोबागोका लागि प्रवासी बोकेका एक जहाज दुर्घटना हुदाँ कम्तीमा १४ व्यक्तिको मृत्यु भएको भेनेजुएला सरकारले जानकारी दिएको छ । भेनुजुएला सरकारले प्रकाशित गरेको एक विज्ञप्तिमा ११ ओटा शव तटीय गार्डले शनिबार दिउँसो फेला पारेको जनाइएको छ । आज पनि दुई वयस्क एक महिलाको शव भेटिएको र यसैसँगै यस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको हो । त्रिनिदादियन तटरक्षक दलले शनिबार भेनेजुएलाका अधिकारीहरूलाइ भेरेजुएलाको तटीय शहर गुइरियाको नजिकैको पानीमा ११ जनाको लास फेला परेको जनाइएको छ । एक प्रहरीले दिएको प्रतिवेदनअनुसार शवहरु गह्रौं छालबाट आफूलाई बचाउँने क्रममा जोडिएका जस्तो देखिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस