पुस ३, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको असन्तुष्ट पक्षले जिल्ला अध्यक्ष र सचिवहरुलाई पेरिसडाडाँमा बोलाएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफू निकट जिल्ला अध्यक्ष र सचिवलाई पार्टी कार्यालय पेरिसडाडाँ बोलाएको हो ।
सातै प्रदेशका जिल्ला अध्यक्ष र सचिवलाई आलोपालो रुपमा उपस्थित हुन भनिएको छ। शुक्रवार प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवलाई भेलामा उपस्थित हुन भनिएको छ । पार्टीमा देखिएको संकटबारे जिल्लासम्म जानकारी दिन यो भेला बोलाइएको दाबी गरिएको छ ।