पुस ३, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीबीच भेट सम्पन्न भएको छ । भेटघाटमा झन्डै २ घन्टा छलफल भएको स्रोतले बताएको छ ।
साझ पाँच बजेदेखि सुरु छलफल पौने सात बजे सकिएको थियो । छलफलमा बदलिँदो परिस्थितिबारे कुराकानी भएको छ । दुइ नेताबीच नयाँ कुनै सहमति नभएको र एजेन्डामा कुनै फेरबदल नभएको श्रोतले बताएको छ ।