पुस १२, काठमाण्डौ । १७ पुसमा राष्ट्रिय सभाको बैठक बोलाउन मन्त्रीपरिषद् बैठकले राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रीपरिषद् बैठकबाट राष्ट्रिय सभा बोलाउन सिफारिस गर्ने निणर्य भएको एक मन्त्रीले जानकारी दिए ।
पुस १७ भित्रमा संसद बोलाउनै पर्ने संवैधानिक बाध्यता भए पनि एक साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।