नयाँ भाइरस यूरोपेली राष्ट्रहरुमा फैलियो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ पौष १३, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पुस १३, काठमाडौ । बेलायतमा पहिलोपटक पहिचान गरिएको कोभिड–१९ को नयाँ प्रकारको भाइरस यूरोपेली राष्ट्रसहित जापान, क्यानाडामा समेत पुष्टि भएको छ । बेलायतबाट फर्केर स्पेन, स्वीटजरल्याण्ड, स्वीडेन, फ्रान्स र लेबनान पुगेका ब्यक्तिमा समेत भाइरस सङ्क्रमणको पुष्टि भएको हो । क्यानाडाको ओन्टेरियोमा पुष्टि भएका दम्पत्तीको कुनै यात्रा वृत्तान्त वा सम्पर्क नरहेको अधिकारीहरुले बताएका छन् ।

जापानमा सोमबारबाट लागू हुने गरी गैर आवासीय विदेशीहरुलाई एक महिनासम्म प्रवेशमा प्रतिबन्ध लगाइएको छ । बेलायतबाट फर्केका पाँच जनामा सङ्क्रमणको पुष्टि भए यता थप दुई जना सङ्क्रमित भएका छन् । दुबैजनाको कुनै यात्रा वृत्तान्त छैन् । यूरोपेली यूनियनले फाइजर एनबायोटेकको खोप लगाउन स्वीकृति प्रदान गरेसँगै यूरोपेली राष्ट्रहरुमा खोप अभियान सञ्चालन गरिएको छ । उत्तर पूर्बी जर्मनीका स्वास्थ्य अधिकारीहरुले नयाँ अनुमति दिएको फाइजरको खोप वितरण गर्न र लगाउन अझै ढिलाइ गर्न नहुने बताएका छन् । हल्बरस्टाटको नर्सिङ्ग होममा भर्ना भएका वृद्ध ब्यक्तिहरुमा उक्त खोप लगाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस