म्यानमारमा सैनिक शासनविरुद्ध आन्दोलन, कम्तिमा १८ आन्दोलनकारीको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ फागुन १७, सोमबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुण १७, काठमाण्डौ । म्यानमारमा सैनिक शासन विरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बीबीसीका अनुसार आइतबार एकैदिन १८ जनाको मृत्यु भएको हो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले आइतबार भएको प्रहरी हस्तक्षेपलाई सैनिक शासन विरुद्ध सुरु भएको आन्दोलयताकै घातक भनेको छ र उक्त दिनलाई सबैभन्दा ‘घातक दिन’ भनेको छ ।

आइतबार म्यानमारका यंगुन, दवेई र मन्डाले शहरमा प्रदर्शन चर्किएको थियो । ती शहरमा धेरै प्रदर्शनकारीको ज्यान गएको छ । प्रदर्शनकारीहरूमाथि दमन गर्न त्यहाँको सुरक्षाबलले रबर बुलेट, टियर ग्याससँगै गोली समेत चलाएको थियो । उता, त्यहाँको सैनिक नेतृत्वले संयुक्त राष्ट्रसंघका राजदूतलाई समेत हटाइदिएको छ । सैनिक सत्ताको विरोधमा बोलेको भन्दै राजदूतलाई हटाइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस