बंगलादेशलाई हराउदै नेपालले जित्यो थ्री नेसन्स कप फुटबलको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ चैत्र १६, सोमबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

चैत १६, काठमाडौ । नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८१ औं मिनेटमा गोल फर्काएको थियो ।

थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस