त्रिदेशीय टी–२० क्रिकेट: नेपालले टस जितेर पहिले ब्याटिङ रोज्यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ बैशाख ७, मंगलबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

बैशाख ७,काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेदरल्याण्डसँगको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । त्रिवि क्रिकेट मैदानमा प्रतियोगिता अन्तर्गतको चौथो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराउँदा दोस्रो खेलमा मलेसियालाई पनि नौ विकेटले हराउँदै दुई खेलमा स्पष्ट नतिजा निकालेको थियो ।

नेदरल्याण्ड्ससँगको खेलमा नेपाल विजयी भए एक खेलअघि नै फाइनल पुग्नेछ । यो खेलमा नेपालले पुरानै टोलीलाई निरन्तरता दिएको छ ।

यसअघिका दुई खेलमा विपक्षी टोलीले दिएको लक्ष्य पछ्याएको नेपालका लागि यो खेलमा माथिल्लोदेखि तल्लो क्रमसम्मका ब्याट्सम्यानको परीक्षा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस