तराई-मधेस द्रुतमार्ग पूर्वनिर्धारित समयमा सम्पन्न हुने

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७८ बैशाख १९, आईतबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

बैशाख १९, काठमाण्डौ । तराई मधेस द्रुतमार्ग फास्ट–ट्र्याक आयोजना निर्माणकार्य पूर्वनिर्धारित समयमा सम्पन्न गर्ने गरी नेपाली सेनाले आवश्यक निर्माण प्रक्रिया अगाडि बढाएको छ । फास्ट–ट्र्याक परियोजना निर्माण बोलपत्र छनोट प्रक्रियाका सम्बन्धमा प्रश्न उठ्नुका साथै सार्वजनिक लेखा समितिले दुईवटा टनेल समेटिएको एउटा ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको छ ।

सो निर्देशनपछि केही अल्मलिएको सेनाले काममा तीव्रता दिने जनाएको हो । त्यस्तै सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति र विकास तथा प्रविधि समितिका सदस्य सांसदहरूले पनि यही महिनाको पहिलो साता फास्ट–ट्र्याक’ को स्थलगत अवलोकन गरी निर्माणकार्यमा ढिलासुस्ती नगर्न सुझाव दिएका छन् । आर्थिक वर्ष २०७४।७५ बाट सुरु भएको फास्ट–ट्र्याकको निर्माण कार्य आर्थिक वर्ष २०८०।८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सेनाको कामबाट सन्तुष्ट सांसदहरूले निर्माण कार्य नरोक्न र प्रक्रिया अविलम्ब थाल्न सुझाएसँगै निर्माणको थप प्रक्रिया अगाडि बढाइएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस