असार १२, काठमाण्डौ । युरो कप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ का खेल सुरु हुँदैछन् । पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दैछन् ।
समूह ए को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह बी को दोस्रो स्थानबाट अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो । यस्तै युरो कपमै राति पौने १ बजे इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटली र अस्ट्रिया खेल्दैछन् ।