उपाधि जित्ने अभियानमा रहेको पोर्चुगल प्रतियोगिताबाट बाहिर,बेल्जियम अन्तिम आठमा !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ अषाढ १४, सोमबार (३ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

असार १४, काठमाण्डौ । लगातार दुई पटक युरोको उपाधि जित्ने अभियानमा रहेको पोर्चुगल प्रतियोगिताबाट बाहिर भएको छ । आइतबार राति भएको खेलमा फिफा बरियताको शीर्ष स्थानमा रहेको बेल्जियमसँग १–० गोल अन्तरले पराजित हुँदै पोर्चुगल अन्तिम १६ बाट घर फर्किएको हो ।

समूह एफमा तेस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेको पोर्चुगलका लागि कप्तान क्रिष्टियानो रोनाल्डो चल्न सकेनन् । पोर्चुगललाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको बेल्जियमले अब सेमिफाइनल प्रवेशका लागि इटालीसँग खेल्नु पर्ने छ । पोर्चुगिज कप्तान रोनाल्डोले २५ औं मिनेटमा डी बक्सबाहिरबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक कोर्टुवाले विफल पारेका थिए ।

४२ औं मिनेटमा बेल्जियमका थोगर्न हाजार्डले गोल गरेपछि अग्रता लिएको थियो । डी बक्सबाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । उनले थोमस मुनिएरको पासलाई सदूपयोग गर्दै गोलमा परिणत गरेका थिए । पहिलो हाफमा गरेको उक्त गोल नै बेल्जियमलाई युरो २०२० को अन्तिम आठमा पुर्‍याउँदो डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई घर फर्कन बाध्य बनायो ।

ताजा अपडेट

खोजी गर्नुहोस