भारतमा कोरोना जित्नेको संख्या बढ्दै, दैनिक संक्रमित कति ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २४, बिहिबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार २४, काठमाडौ । भारतमा पछिल्लो २४ घण्टामा थप ४५ हजार ८९२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना सङ्क्रमितको कुल संख्या ३ करोड ७ लाख ९ हजार ५५७ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ४४ हजार २९१ जना संक्रमण मुक्त भएका छन् । यो सँगै भारतमाका कोरोनामुक्त हुनेको संख्या २ करोड ९८ लाख ४३ हजार ८२५ पुगेको छ । भारतमा एक महिना अघिको तुलनामा हाल संक्रमण दर घटेपनि नयाँ संक्रमित थपिने क्रम भने घटेको छैन । दैनिक करिब ४० हजार संक्रमित अहिले पनि पहिचान भइरहेका छन् ।

भारतमा हाल ४ लाख ६० हजार ७६५ सक्रिय कोरोना संक्रमित रहेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणका कारण थप ८१७ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ४ लाख ५ हजार ५७ जनाको मृत्यु भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस