लेवान्डोस्कीको ह्याट्रिक, हेर्था बर्लीन पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ भाद्र १३, आईतबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भदौ १३, एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले हेर्था बर्लीनलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्नको फराकिलो जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गोल गरे । यस्तै थोमस मुलर र जमल मुसिआलाले एक-एक गोल गरे ।

घरेलु मैदानमा खेलको छैटौं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता २-० को बनाए ।

खेलको ४९ औं मिनेटमा जमलले गोल गर्दा बायर्नको अग्रता ३-० को बन्यो । खेलको ७० औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ४-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक गोल पूरा गर्दा बायर्न ५-० गोल अन्तरले विजयी भयो । ह्याट्रिकसँगै लेवान्डोस्कीले बायर्नका लागि ३ सय १ औं गोल समेत पूरा गरे ।

फराकिलो जितसँगै बायर्नले ३ खेलमा ७ अंक जोडेको छ । लिगको दोस्रो जित निकालेको बायर्न दोस्रो स्थानमा समेत उक्लिएको छ । लगातार तेस्रो हार व्यहोरेको बर्लीन अंक विहीन रहदै पुछारमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस