नेपाल र भारत आज भिड्दै, सकारात्मक नतिजाको अपेक्षा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ भाद्र १७, बिहिबार (३ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भदौ १७, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज बिहीबार भारतसँग पहिलो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल अपरान्ह ५स्३० बजे सुरु हुनेछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ ।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ ९असोज १५ देखि ३०० गतेसम्म आयोजना हुने तालिका रहेको छ ।

बलियो टिम भारतविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्ध जित्नकै लागि खेल्ने बताएका छन् ।

‘भारत धेरै बलियो छ । इतिहास राम्रो छ । दुबै खेल जित्न आवश्यक छ । राष्ट्रिय टिमले खुसी बनाउने हैन गर्व गर्न लायक बनाउन आवश्यक छ’, बुधबार आयोजित प्रि-म्याच कन्फरेन्समा अलमुताइरीले भने, ‘हामी बराबरीको लागि खेल्ने छैनौँ । हामी जित्नका लागि खेल्छौं ।’

फिफा वरीयतामा भारत नेपाल भन्दा माथि रहेको छ । पछिलो वरीयतामा भारत १ सय ५ औं स्थानमा रहेको छ । नेपाल १ सय ६८ औं स्थानमा रहेको छ ।

यता, नेपाली टोलीका कप्तान किरण चेमजोङले पनि नजिता राम्रो निकाल्ने तरिकाले खेल्ने बताए । उनले सबैभन्दा धेरै क्याप जित्ने खेलाडीको कीर्तिमान पनि बनाउँदै छन् । “म आफ्नो डेब्यू खेल खेल्दा घाइते भएको थिएँ । आज मेरो लागि महत्त्वपूर्ण खेल हुनेछ । त्यसैले आजको खेलमा हामी जित निकाल्ने तरिकाले खेल्नेछौं,” किरणले भने ।

यता, भारतीय टोलीका कप्तान सुनील क्षेत्रीले पनि नेपालविरुद्धको खेल निकै प्रतिस्पर्धात्मक हुने बताएका छन् । उनले लामो समय पछि नेपालसँग खेल्न लागेको आफूहरु पनि सतर्क भएको बताए । सुनिलले पछिल्लो सयम नेपालको नतिजा हेर्दा निकै बलियो देखिएकोले आफू्रु पनि उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

कस्तो छ विगतका खेल
नेपाल र भारतबीच पहिलोपटक सन् १९८५ मा पहिलो खेल भएको थियो । उक्त खेलमा नेपाल र भारतले बराबरी खेलेका थिए । दुई टोलीले साफ गेम्सअन्तर्गत प्रतिस्पर्धा गरेका थिए । नेपाल र भारतबीच हालसम्म १९ खेल भएको छ । जसमा भारतले १३ खेलमा जित निकालेको छ भने नेपालले दुई खेलमा जित निकाल्न सफल भएको छ । दुई टोलीबीच चार खेल बराबरीमा सकिएका छन् । भारतले नेपालको पोस्टमा ३३ गोल गरेको छ भने नेपालले ९ गोल गरेको छ ।

नेपाल र भारतबीच सन् १९८५ मा दोस्रो खेल भएको थियो । जसमा नेपाल २–० गोलले पराजित भएको थियो । त्यसपछि सन् १९८७ र १९८९ मा भएको सफल गेम्सअन्तर्गतको खेलमा नेपाले हार व्यहोर्नु परेको थियो । त्यसपछि नेपालले सन् १९९३ मा साफ च्याम्पियनसिपमा खेलेको खेलमा पनि १–० गोलको नतिजा व्यहोर्नु पर्यो । नेपालले सन् १९९२ मा नै भएको साफ खेलमा २–२ गोलको नतिजा निकाल्यो ।

सोही समयमा भएको साफ खेलमा नेपालले भारतलाई पेनाल्टी सुट आउटमार्फत ४–२ ले हरायो । सन् १९९८ को एसियन गेम्समा पनि नेपाल भारतसँग १–० ले पराजित भयो । १९९९ मा भएको साफ गेम्समा भारतले नेपाललाई ४–० ले हरायो । त्यसपछि सन् २००५, २००८, २००९ मा भएको साफ च्याम्पियनसिपमा नेपालले भारतसँग हार व्यहोर्नु परेको थियो ।

यता, सन् २०१२ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भने नेपालले भारतलाई बराबरीमा रोकेको थियो । सन् १९९३ मा भारतलाई हराएको नेपालले सन् २०१३ मा दोस्रोपटक हराउन सफल भयो । साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारतलाई २–१ ले हरायो । नेपालका लागि अनिल गुरुङले ७०औँ मिनेटमा गोल गरे भने जुमानु राईले ८१औँ मिनेटमा गोल गरेका थिए । खेलको इन्ज्युरी समयमा भारतका लागि सायद रहिम नावीले गोल गरे पनि भारत नेपालसँग पराजित भएको थियो ।

त्यसयता नेपालले भारतलाई हराउन सकेको छैन । साफ च्याम्पियनसिपमा जित निकालेकै वर्ष नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्यो, जुन खेलमा नेपाल २–० ले पराजित भयो । नेपालले भारतसँग सन् २०१५ मा विश्वकप छनोटअन्तर्गत दुई खेल खेलेको थियो । जसमा नेपालले एक खेल बराबरी खेलेको थियो भने एक खेलमा हारको नतिजा अत्मसात गरेको थियो ।

अन्तिमपटक नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सन् २०१७ मा खेलको थियो । जसमा नेपाल २–० ले पराजित भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस