कात्तिक १४, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड भ्रमणमा छन् ।
नातिनीद्वय पूर्णिका र कीर्तिकालाई भेट गर्न उनी थाइल्याण्ड गएका हुन् । उनी थाइल्याण्डबाट कुन देश जाने भन्ने निर्णय भएको छैन ।
गत साता उनी श्रीलंका हुँदै भारतको धार्मिक कार्यक्रममा सहभागी हुन मुम्बई पुगेका थिए । विदेश यात्रा गरेको दुई साता नपुग्दै उनी थाइल्याण्ड गएका हुन् ।
उनको साथमा निजी सचिव सागर तिमल्सिना र सहयोगी हरिशरण कार्की छन् ।
कार्तिक ९ गते थाइल्याण्ड गएका उनी कार्तिक १८ गते नेपाल फर्कने कार्यक्रम छ ।