राप्रपा एकता प्रक्रिया सुरु : थापा र राणाबीच वार्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ कार्तिक २०, मंगलबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक २०,काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति समशेर राणा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीचको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

अध्यक्षद्वयबीच महाराजगंजस्थित होटल ला शेर्पामा मंगलबार बसेको बैठकले एकीकरण गर्ने सहमति गरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

नेता श्रेष्ठका अनुसार दुई अध्यक्षबीच पार्टी विभाजन हुनुअघि भएको एकता महाधिवेशनले पारित गरेको दस्तावेजको आधारमा एकिकरण गर्ने सहमति भएको हो । केही प्राविधिक विषय टुँगो लाग्न बाँकी रहेको उनको भनाइ छ ।

पार्टी एकताको आधार महाधिवेशनलार्इ मान्ने बताइए पनि शीर्ष नेतृत्व तहमा अध्यक्ष मण्डल राख्ने तयारी भईरहेको स्रोतले बताएको छ ।

डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)सँग पनि एकताको विषयमा छलफल भइरहेको नेता श्रेष्ठले जानकारी दिए । उनी बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन समान विचारधारा भएका पार्टीहरू छलफल जारी रहेको बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस