फागुन ६, काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा बार्सिलोनाले बराबरी खेलेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा खेलको ५९ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको हो ।
त्यसअघि खेलको २९ औं मिनेटमा पिओट्र जिलिन्सकीले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।
अब बार्सिलोना र नापोलीबीचको दोस्रो लेग फेब्रुअरी २४ मा हुनेछ । दोस्रो लेग नापोलीको मैदानमा हुनेछ ।