इटाली विश्वकप छनोटबाट बाहिरियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ चैत्र ११, शुक्रबार (३ साल अघि)
  • ५६ पटक पढिएको
Post Thumbnail

चैत ११, काठमाडौँ । युरोकप विजेता इटालीले २०२२ को कतार विश्वकप फुटबलमा छनोट हुन असफल भएको छ । विश्वकप छनोट अन्तर्गत बिहीबार राति प्ले अफ खेलमा नर्थ म्यासेडोनियासँग १-० ले पराजित भएपछि इटालीको विश्वकपमा पुग्ने यात्रा सकिएको हो ।

इटालीमा भएको खेलमा नर्थ म्यासेडोनियालाई जित दिलाउन एलेकसान्डर ट्राज्कोभास्कीले निर्णायक गोल गरे । ट्राज्कोभास्कीले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।

इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको हो । इटाली युरोपियन छनोटबाट सिधै विश्वकपमा पुग्न असफल भएको थियो । जसको कारण प्ले अफ खेलेको हो ।

अब नर्थ म्यासेडोनियाले पोर्चुगलविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस