भ्याट फिर्ताको विरोधमा कपडा उद्योगी, ७ गतेसम्म उद्योग बन्द गर्ने घोषणा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर २, आईतबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर २, काठमाडौं । नेपाल कपडा उद्योग संघले मंसिर १ देखि ७ गतेसम्म सबै कपडा उद्योगहरु बन्द गर्ने घोषणा गरेको छ ।

संघले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारले वैकल्पिक व्यवस्था नगरी भ्याट फिर्ता तथा समायोजनको प्रावधान ल्याएको भन्दै त्यसको विरोधमा उद्योग बन्द गर्ने घोषणा गरेको हो ।

सरकारले आफूहरुको माग सम्बोधन नगरेर सधैंका लागि उद्योग बन्द गर्नुेपर्ने अवस्था आउने चेतावनीसमेत संघले दिएको छ ।

सरकारले जबर्जस्ती नियम लगाउन खोजेको र यस व्यवस्थाले उद्योग नै धरासायी हुने संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बताए ।

सरकारले भ्याट फिर्ता बराबरको रकम अनुदान उपलब्ध गराउनुपर्ने, ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, विद्युत् महसुलमा ५० प्रतिशत छुट दिनुपर्ने, उद्योगको मेसिनरी पार्ट्स खरिदमा लाग्ने भन्सार छुट दिनुपर्ने, निकासीमा १० प्रतिशत अनुदान दिनुपर्नेलगायतका माग संघले अघि सारेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस