राष्ट्रबैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन २३, बिहिबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

फागुन २३,काठमाडौँ । बिहीबार अमेरिकी डलरको भाउ घट्दा सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ १६ पैसा र बिक्रीदर ११२ रुपैयाँ ७६ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३० रुपैयाँ ०७ पैसा छ ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा तोकिएको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ८५ पैसा छ ।

यस्तै आज बिहिबार कुवेती दिनार १ को खरिददर ३६८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७० रुपैयाँ ७९ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २९७ रुपैयाँ ५० पैसा र बिक्रीदर २९९ रुपैयाँ ०९ पैसा छ ।

बिहीबार कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १० रुपैयाँ रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस