फागुन २६,काठमाडौँ । शेयरबजार परिसूचक नेप्सेको प्रणालीमा गडबड भएपछि कारोबार रोकिएको छ ।
आइतबार बिहान १२ बजेर ४१ मिनेटसम्म कारोबार भएपनि त्यसपछि प्रणालीमा आएको अवरोधले कारोबार गर्न नसकिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । कारोबार रोकिनुअघि सम्म आइतबार नौ करोड ३८ लाख रुपैयाँ बराबरका ३ लाख २२ हजार कित्ता शेयर कारोबार भएको छ ।
समस्या पत्ता लगाएर समाधानको प्रयास भैरहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
गएको कात्तिक २० गतेदेखि नेप्से अनलाइन प्रणालीमा गएको छ । अनलाइन प्रणालीमा गएपछि नेप्सेमा पटक पटक गडबडी हुँदा लगानीकर्ता निराश हुँदै आएका छन् ।