चैत्र २०,काठमाडौँ । ६२ औं सहकारी दिवश विभिन्न कार्यक्रम गरी मनाईदैछ । सो अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक सम्मानित भएका छन ।
उनलाई सहकारी क्षेत्रको प्रवर्धन र विकासमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकार भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्मान गरेको हो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले १ लाख ५० हजार नगद सहित सम्मानपत्र प्रदान गरेका थिए । सम्मानपछि पाठकले सहकारी र कृषिको क्षेत्रमा आफु निरन्तर लागिरहेको र पुरस्कारले थप निरन्तर यसमा सक्रिय हुन हौसला बढेको प्रतिक्रिया दिएका छन ।