रसुवागढी र साञ्जेन जलविद्युत आयोजनाको साधारण शेयर खुल्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ६, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख ६,काठमाडौँ । जलविद्युत कम्पनीमध्ये सम्भावनायुक्त आयोजनाको रुपमा हेरिएको रसुवागढी हाइड्रो पावर र साञ्जेन जलविद्युत आयोजनाको साधारण शेयरमा आजदेखि आवेदन खुला भएको छ ।

दुवै कम्पनीको शेयरमा लगानीकर्ताले एक हजार रुपैयाँदेखि नै आवेदन गर्न पाउने छन् । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार दुवैको सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्तादेखि आवेदन गर्न पाउने व्यवस्था कायम भएको हो । यसअघि प्रकाशित आह्वानपत्रमा भने दुवै कम्पनीले न्यूनतम ५० कित्ता आवेदन गर्नुपर्ने विवरणपत्र प्रकाशन गरेका थिए ।

रसुवागढी हाइड्रोपावरले कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ ।

यसैगरी साञ्जेनले कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर सर्वसाधारणमा ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन माग गरेको छ । दुवै कम्पनीको शेयरमा मेरो शेयर तथा लगानीकर्ताको बैंक खाता रहेको सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन गर्न सकिन्छ ।

‘जनताको जलविद्युत कार्यक्रम’ मा समेटिए पनि दुबै आयोजनाहरुको भौतिक प्रगति ५० प्रतिशत बढी सम्पन्न भैसकेकाले लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँका दरले नै खरिद गर्नुपर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस