नेप्सेमा छायो हरियाली

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ११, बुधबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख ११, काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुधार आएको छ । आज नेप्से १९ दशमलव १४ अंकले बढेर १ हजार २ सय ७९ दशमलव २९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

१ सय ७२ कम्पनीको ३४ लाख ८ हजार ३७४ कित्ता शेयर खरिदबिक्री हुँदा आज ९५ करोड ३ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १० वटा उपपरिसुचकहरुमा ८ वटा समूहहरु बढेका छन् भने २ वटा समूहहरु घटेका छन् ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ४ दशमलव ८० अंकले बढेर २ सय ७६ दशलमव ९४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

कारोबारमा सबैभन्दा बढी नेपाल बैंकको भएको छ । जसको कारोबार ९ करोड ९ लाख रुपैयाँ भएको छ । जसको बजार मुल्य ३१२ रुपैयाँ रहेको छ ।

आज सर्वाधिक कमाउनेमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्यमा ९ दशमलव ७७ प्रतिशतले वृद्धि गरेको छ ।

त्यस्तै सर्वाधिक गुमाउनेमा राद्यी जलविद्युत कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ४ दशमलव ९३ प्रतिशतले घटेको छ

ताजा अपडेट

खोजी गर्नुहोस