बैशाख १९, काठमाडौँ । नेपाल आयल निगमल पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । विहिबार मध्यराती १२ बजेदेखि लागु हुने गरी निगमले मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार, पेट्रोलीयम पदार्थमा प्रतिलिटर १ रुपैयाँ ५० पैसाका दरले वृद्धि गरिएको छ भनृ डिजल तथा मट्टीतेलमा १ रुपैयाँ प्रतिलिटरका दरले मूल्य वृद्धि गरिएको छ ।
मूल्य समायोजनपश्चात अब पेट्रोल प्रतिलिटर १११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रतिलिटर ९८ रुपैयाँ पर्ने भएको छ ।
निगमका अनुसार, पछिल्लो १०/१५ सदनमा अन्तराष्ट्रिय बजारमा पेट्रोलीयम पदार्थको मूल्य अत्याधिक बढेको तथा युएस डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको अवमूल्यन भएकाले मूल्य वृद्धि गर्नुपरेको हो । इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा प्राप्त मूल्य बढेर आएकाले मूल्य विश्लेषण गरी समायोजन गरिएको निगमले जनाएको छ ।
मूलय समायोजनपश्चात पनि भारतको रक्सौलभन्दा नेपालको विरगंज तर्फको सिमामा मूल्यमा पेट्रोेलमा रु. १३ रुपैयाँ ६७ पैसा प्रतिलिटर र डिजेल १५ रुपैयाँ ट४ पैसा प्रतिलिटर सम्तो नै भएको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए ।