सार्वजनिक खरिद नियमावली संशोधनपछि निर्माण व्यवसायीको आन्दोलन फिर्ता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ २८, मंगलबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

जेठ २८,काठमाडौँ । निर्माण व्यवसायीले आन्दोलनका कार्यक्रमलाई केही चकता दिने बएको छ । उनिहरुले सार्वजनिक खरिद नियमावली २०७६ को सातौं संशोधनले आफूहरुका महत्वपूर्ण माग पूरा गरेको प्रतिक्रिया दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन पछिल्लो संसोधनमा सन्तुष्टि जनाएको हो । यद्यपी उनिहरुले कार्यान्वयन लगायत अन्य मागहरुको सवालमा दवाव जारी राख्ने बताएका छन ।

सरकारले गत वैशाख ३० मा नेपाल राजपत्रमा प्रकाशित नियमावलीको छैठौं संशोधनविरुद्ध व्यवसायीले चरणवद्ध आन्दोलन घोषणा गरेका थिए । सोही आन्दोलनका कारण सातौं संशोधनमार्फत व्यवसायीका माग पूरा भएको महासंघको भनाइ छ ।

महासंघका अनुसार अझै केही मागहरु पूरा हुन बाँकी छन् । त्यसका लागि भने दवावमुलक काम जारी रहने महासंघले बताएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस