नेस्वहोमयुको नेतृत्व प्रदेश १ मा : श्रमिकहरुको अवस्था बुझ्न विशेष अभियान !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ ३२, शनिबार (५ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

जेठ ३२, काठमाडौँ । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन केन्द्रिय कमिटिले देशभर होटल, क्यासिनो, रेष्टुरेन्ट , फास्टफुड, गेष्ट हाउस आदिमा काम गर्ने श्रमिकहरुको अवस्था बुझ्न विशेष अभियान सञ्चालन गरेको छ ।

यसमध्ये प्रदेश १ मा सञ्चालित एक साता लामो अभियानमा युनियन केन्द्रिय कमिटिका उपमहासचिव तथा प्रदेश १ इन्चार्ज दिनेश घिमिरेको नेतृत्वमा संगठनका सचिव तिर्थ सुवेदी, केन्द्रिय सदस्यहरु दानबहादुर धिमाल र कृष्ण श्रेष्ठ लगायत प्रदेश १ का अध्यक्ष अर्जुन राई सहभागी थिए ।

अभियानका क्रममा मजदुरहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक नदिईएको पाईएको छ । ग्राहकबाट १० प्रतिशत शेवा शुल्क उठाउने तर श्रमिकलाई नदिने समेत पाईएको इन्चार्ज घिमिरेले  अनलाईन केन्द्रलाई बताए ।

त्यस्ता प्रतिष्ठानका सञ्चालकहरुलाई भेटी तत्कल श्रमिकहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिकको व्यवस्था मिलाउन उनले आग्रह गरेको सचिव सुवेदीले जानकारी दिए ।

मजदुरको हक, अधिकार प्राप्तिका निम्ति प्रदेश १ मा एक साता लामो अभियानका क्रममा ११ ट्रेड युनियन दर्ता गरिएको छ । साथै तीनवटा विभिन्न नगरकमिटि गठन गरीएको बताईएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस