बैंकलाई ब्रोकर लाईसेन्स दिन नेप्सेले ४ मापदण्ड तोक्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण १७, शुक्रबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

साउन १७, काठमाडौँ । नेपाल स्टक एक्चेन्ज (नेप्से)ले बाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनको प्रक्रिया सुरु गरेको छ । नेप्से शुक्रबार एक सूचना जारि गर्दै ब्रोकर लाईसेन्स लिनको लग ईच्छुक कम्पनीहरुलाई १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । नेप्सेले निवेदन दस्तुर वापतको ५ हजार ग्लोबल आईएमई बैंकको खाता जम्मा गरी सो को भौचर सहित निवेदन दिन आग्रह गरेको हो ।

नेप्सेले बिहिबार देखि नै लागु हुने गरी ब्रोकर लाईसेन्सको लागि सिफारिस गर्नको लागि कार्यविधि तयार पारेको छ । नेप्सेले ‘वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रको लागि सिफारिस कार्यविधि, २०७६’ तयार पारि लागु गरेको हो । नेप्सेको सिफारिसमा नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स वितरण गर्ने प्रावधान छ ।

कार्यविधिमा लाईसेन्स लिनको लागि निम्न ४ वटा मापदण्ड उल्लेख गरिएको छ ।

१. प्रचलित कानुन बमोजिम स्थापित भएका बाणिज्य बैंकको शत प्रतिशत लगानी भएको सहायक कम्पनी हुनुपर्ने,

२. न्यूनतम चुक्ता पुँजी दुई करोड रुपैया हुनुपर्ने,

३ . नेपाल राष्ट्र बैंकबाट धितोपत्र व्यवसाय गर्नका लागि वाणिज्य बैंकले सहायक कम्पनी मार्फत धितोपत्र व्यवसाय सञ्चालन गर्ने स्वीकृती लिएको हुनुपर्ने,

४ . कर चुक्ता प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने,

निवेदन लिएपछि नेप्सेले प्रक्रिया पुरा गरेका कम्पनीलाई लाईसेन्सको लागि बोर्डमा सिफारिस गर्ने छ र बोर्डले लाईसेन्स दिने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस