बैंक सर्भर ह्याक : करोडौको लुट मच्चाउने ५ जना चिनियाँ नागरिक पक्राउ !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र १५, आईतबार (५ साल अघि)
  • ५२ पटक पढिएको
Post Thumbnail

भाद्र १५,काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले रातारात नेपालका बैंकहरुको सर्भर ह्याक गरि करोडौको लुट मच्चाउने ५ जना चिनियाँ नागरिकहरुलाई सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा १ जना र पछि ४ जना गरि ५ जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीका अनुसार , सुरुमा एटीएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो भने पछि त्यसैको सहयोगमा अन्य ४ जानालाइ दरबारमार्गमा रहेको होटल मायामनोहरबाट पक्राउ गरियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ परेका पाँचै जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ३२ बर्षीय झु लियाङ आङ,३५ वर्षका चेन विन विन, ३० बर्षीय क्यु याङयिङ, ४० बर्षीय लु जियालिङ र २९ वर्षका लिन जिनमिङ रहेका छन् ।

प्रहरीले उनीहरु पक्राउ परेकै स्थानबाट १ करोड २६ लाख ४५ हजार नेपाली रकम र ९ हजारभन्दा बढी अमेरिकि डलर समेत बरामद गरेको छ । नेपाल राष्ट्र बैंकले १ करोड ६८ लाख ५४ हजार रुपैयाँ बैंकिङ प्रणालीबाट नोक्शान भएको समेत जनाएको छ ।

नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको र यस घटनाबाट हुनगएको नोक्सानी छानबिन गरि जिम्मेवार पक्षबाट असुल उपर गरिने यदि बैंककै कमजोरी रहेको खण्डमा बैंकले नै भर्पाइ गर्ने जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस