घटायाे नेपाल टेलिकमले इन्टरनेट लिज लाइनको महसुल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक ५, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक ५, काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । पहिले न्यूनतम ५१२ केबीपीएसदेखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकोमा अहिले न्यूनतम २ एमबीपीएस क्षमतामा सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

यसअघि १ देखि १० एमबीपीएस ब्याण्डविथ रेन्जको महसुलदर प्रति एमबीपीएस ४ हजार २ सय रुपैयाँ रहेकोमा अहिले २ देखि २० एमबीपीएसको व्याण्डविथ रेन्जको महसुल दर प्रति एमबीपीएस २ हजार ५ सय रुपैयाँ मात्र कायम गरिएको जनाइएको छ । यो सेवा कात्तिक १ गतेदेखि लागु भएको हो ।

त्यसैगरी पहिले ११ देखि १०० एमबीपीएस व्याण्डविथ रेन्जको प्रति एमबीपीएस ४ हजार रुपैयाँमा उपलब्ध गराइरहेकोमा अहिले २१ देखि ५० एमबीपीएस ब्याण्डविथ रेन्जको प्रति एमबीपीएस २ हजार ३ सय रुपैयाँमा र ५१ देखि १०० एमबीपीएस रेन्जको प्रति एमबीपीएस मात्र २ हजार १ सय रुपैयाँमा उपलब्ध गराइने एनटिसीले जनाएको छ ।

पहिले १०० एमबीपीएस भन्दा माथिका लागि प्रति एमबीपीएस ३ हजार ८ सय रुपैयाँ महसुल दर तोकिएकोमा अब यो प्रति एमबीपीएस १ हजार ९ सय रुपैयाँमै उपलब्ध हुनेछ ।

कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत रहेको टेलिकमले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस