४५० भन्दा बढी म्यानपावरको अस्तित्व समाप्त ! मर्जरमा गएकाले नगद र पासपोर्ट फिर्ता गर्नुपर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक ६, बुधबार (५ साल अघि)
  • ५७ पटक पढिएको
Post Thumbnail

कार्तिक ६,काठमाडौँ । सरकारले मर्ज भएर अस्तित्व समाप्त भएका म्यानपावर व्यवसायीलाई नयाँ कारोबार र भर्ती प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ ।

पुरानो अनुमतिकै आधारमा नयाँ प्रक्रिया सुरु गर्दा श्रमिक ठगीमा पर्ने जोखिम न्युनिकरण गर्न वैदेशिक रोजगार विभागले थप प्रक्रिया नगर्न निर्देशन दिएको हो ।

वैदेशिक रोजगार ऐनअनुसार गाभिएर अस्तित्व समाप्त भएका म्यानपावरको संख्या ४५० भन्दा बढी रहेको छ ।

विभागका महानिर्देशक भीष्मकुमार भुसालले भदौ २९ गते नै सूचना जारी गरी श्रमिकबाट लिएको नगद, पासपोर्ट र अन्य प्रमाणित कागजात बुझाउन निर्देशन दिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस