कार्तिक ७,काठमाडौँ । नेपालको व्यवसाय गर्ने वातावरणमा सुधार आएको विश्व बैंकले जनाएको छ । विश्व बैंकले सार्वजनिक गरेको नयाँ रिपोर्टमा नेपालको डुइङ विजनेश इन्डेक्समा सुधार भएको उल्लेख छ ।
रिपोर्ट अनुसार नेपालको इन्डेक्स १६ स्थान माथि उक्लिएको छ । यसअघि ११० औं स्थानमा रहेको नेपाल १६ औं स्थान माथि उक्लिएर ९४ ओं स्थानमा आइपुगेको छ ।
अघिल्लो वर्ष ५ स्थानले नेपालको डुइङ विजनेश तल झरेको थियो । डुइङ विजनेश सुधार हुनुलाई व्यवसाय गर्न राम्रो वातावरण भएको मानिन्छ ।