व्यापार प्रवर्द्धनमा लाग्न नयाँ राजदूतहरुलाई चेम्बरको आग्रह

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक ७, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कात्तिक ७, काठमाडौं । अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतहरुले व्यापार एवं पर्यटन प्रवर्द्धनमा योजनाका साथ लाग्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले बिहीबार राजधानीमा गरेको कार्यक्रममा अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालले अष्ट्रेलियासँग सीधा उडानका लागि मूर्तरुप दिन लागिपर्ने बताए ।

उनले नेपालको पर्यटन प्रवर्द्धन गर्न कार्ययोजना नै बनाएको पनि बताए ।

स्वदेशी वस्तुको प्रवर्द्धन गर्न अष्ट्रेलियाका निजी क्षेत्रसँग नेपाली निजी क्षेत्रको समन्वय गराउन पहल गर्नेसमेत उनले बताए ।

यस्तै, स्पेनका लागि नवनियुक्त राजदूत दावाफुटी शेर्पाले राजदूतकोरुपमा आफ्नो पहिलो अनुभव भएको भन्दै उच्च मनोबलका साथ काम गर्ने बताइन् ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वदेशी वस्तु निर्यात गराउन, पर्यटन एवं लगानी भित्र्याउन पहल गर्न राजदूतहरुलाईं आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस