माघ २, काठमाण्डौ । प्रधानमन्त्रीले आफै समीक्षा गर्नुका साथै मन्त्री र कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गरे पनि यो वर्ष बजेट खर्च गत वर्षभन्दा कमजोर देखिएको छ । चालु आर्थिक वर्षको ६ महिना साउन, पुस मा खर्च विगतमा भन्दा झन् कम भएर १ खर्ब ७४ अर्ब रुपैयाँ सरकारी खातामै थन्किएको खबर कान्तिपुर दैनिकमा कृष्ण आचार्यले लेखेका छन्।
अर्थ मन्त्रालय स्रोतका अनुसार पुसर २५ गतेसम्ममा कुल बजेट खर्च २६ प्रतिशत र विकास बजेट खर्च १४ प्रतिशत मात्रै छ । राजस्व, वैदेशिक अनुदान तथा ऋण लगायतका शीर्षकमा सरकारले प्राप्त गरेको बजेटमध्ये १ खर्ब ७४ अर्ब खातामा मौज्दात रहेको हो ।