सुनको भाउ फेरी बढ्यो, कति पुग्यो ? हेर्नुहोस्

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ ३, शुक्रबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

माघ ३, काठमाण्डौ । सुनको भाउ शुक्रबार तोलामा एक सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलाको ७४ हजार आठ सय रुपैयाँमा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार स्थिर रहँदै सुनको भाउ तोलाको ७४ हजार सात सय रुपैयाँ थियो ।

यस्तै शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । गएको पुस २३ गते बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो । त्यो दिन तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो, जुन मूल्य अहिलेसम्मकै महँगो हो ।

ताजा अपडेट

खोजी गर्नुहोस