एनआइसी एसियाले ३३.३९ ले बढायो नाफा, कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ ७, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाण्डौ । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ३३.३९ ले बढी हो । गत वर्ष बैंकले १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा १ अर्ब ७ करोड ४१ लाख रुपैयाँ पुगेको छ । बैंकको फराकिलो हिसाबले खुद ब्याज आम्दानी र सञ्चालन नाफा आर्जन गरेको छ । खुद नाफा आकर्षक हिसाबले बढ्नुमा यसैको प्रभाव हो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २३.४० र ३५.८४ ले बढेको छ । एनआइसी एसियाको यस अवधिमा खराब कर्जा बढेको छ भने कष्ट अफ फन्ड घटेको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३ पैसाले बढेर ४१ रुपैयाँ ६१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६४ रुपैयाा ८७ पैसा छ । एनआइसी एसिया बैंक पछिल्ला दिनहरुमा निकै आक्रामक बन्दै आएको छ ।

शाखा विस्तार, निक्षेप संकलन अनि कर्जा प्रवाहका हिसाबले समेत बैंकको गति निकै छिटो देखिएको छ । फलस्वरुपः एनआइसी एसियाले आकर्षक हिसाबले नाफा पनि बढाउन सफल भएको देखिन्छ । कतिपय समकालीन बैंकलाई यसले पछि पारिसकेको अवस्था छ । यद्दपि, कपितयले बैंकको गति छिटो भएकाले सँगसँगै जोखिम र चुनौती पनि थपिएको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस