अर्थमन्त्री खतिवडाले निरन्तरता पाउने हल्लाले सेयर बजारमा पहिरो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन १९, सोमबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फाल्गुण १९, काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से ६ प्रतिशत ओरालो लागेपछि सोमबार कारोबार बन्द भएको छ । ११ बजे बजार खुल्नेबित्तिकै ओरालो लाग्न शुरु गरेको नेप्से परिसूचक १२ बजेर ४६ मिनेटमैं ५ प्रतिशतले ओरालो लागेपछि ४० मिनेटका लागि बजार बन्द सर्किट ब्रेकर गरिएको थियो । फेरि बजार ओरालो लाग्ने क्रम नथामिएपछि १ बजेर २९ मिनेटमा कारोबार स्थगित गरिएको थियो । नेप्सेमा ६ प्रतिशतको गिरावट आएपछि उक्त दिनका लागि कारोबार बन्द गरिन्छ ।

गत साता झ्ण्डै २०० अंक बढेको नेप्से परिसूचक आइतबार ४१ अंकले घटेको थियो । सोमबार रु। २ अर्ब १५ करोडको कारोबार भएको बजारमा विक्री चाप अत्यधिक देखिएको थियो । सोमबार सबै समूहका उपसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी जीवन बीमा र निर्जीवन बीमा समूह क्रमशः ७।४५ र ७।४६ प्रतिशतले घटेका थिए । सोमबारको कारोबार तीन कम्पनी एनआईसी एशिया ब्यालेन्स फण्ड, खानीखोला जलविद्युत तथा श्री इन्भेष्टमेन्ट फाइनान्सबाहेक सबै कारोबार भएका कम्पनीका लगानीकर्ताले नोक्सान बेहोरे ।

ताजा अपडेट

खोजी गर्नुहोस