किन आकाशिँदै छ सुन र डलरको भाउ ? शेयर बजार भने ओरालो झर्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन २६, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फाल्गुण २६, काठमाडौं । विश्व अर्थतन्त्रलाई कोरोनाले प्रभाव पार्न थालेसँगै सुन र डलरको भाउ थप आकाशिन थालेको छ । कोरोनाले अर्थतन्त्रमा असर पारेपछि सुरक्षित लगानीको रुपमा सुन र डलरको माग बढिरहेको नेपाल राष्ट्र बैंकका विदेशी विनियम व्यवस्थापन विभागका प्रमुख बमबहादुर मिश्रले बताए । विश्वमै शेयर बजार लगातार ओरालो झर्न थालेपछि लगानीकर्ताहरुले सुरक्षित लगानीको रुपमा सुन र डलरमा लगानी गर्न थालेकाले केहि समयदेखि मूल्य आकाशिदै गएको मिश्रको विश्लेषण छ ।

नेपाल राष्ट्र बैंकका अनुसार एक डलर बराबर नेपाली बिक्री दर ११८।२३ रुपैयाँ छ। त्यस्तै खरिद दर एक डलर बराबर ११७।७२ रुपैयाँ छ । एक सातामै नेपाली बजारमा डलरको भाउ तीन रुपैयाँले बढेको छ। एक महिना अगाडि प्रति डलर नेपाली मूल्य ११३ रुपैयाँ थियो ।

लगानीकर्ताहरुले डलर खरिद गरेर राख्न थालेपछि स्वभाविक रुपमा मूल्य बढ्दै गएको मिश्रले बताए । जबजब अर्थतन्त्रमा संकट देखा पर्दै जान्छ त्यतिबेला सुरक्षित लगानीको रुपमा डलर र सुनमा लगानी गर्ने चलन बढी छ । शेयर बजार उच्च विन्दुबाट तल झर्न थाले पछि शेयर बजारमा लगानीकर्तासमेत शेयर बिक्री गर्दै सुन र डलर खरिद गर्न थालेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस