तेलको मूल्यमा २५ प्रतिशत गिरावट, विश्व बजारमा असर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन २७, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण २७, काठमाण्डौ । कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११।४४ अमेरिकी डलर अर्थात् २५।३ प्रतिशत गिरावट आएको छ । लन्डनमा प्रति ब्यारेल ३३।३३ अमेरिकी डलरमा कारोबार भएको छ ।

यो नाटकीय गिरावटसँगै अमेरिकी खनिज तेलको मूल्यमा पनि शुक्रबार १०।१ प्रतिशत गिरावट आएको छ, र यो पाँच वर्ष यताकै यो सबैभन्दा ठूलो नोक्सानी हो । मूल्यलाई स्थिर राख्न उत्पादनमा के कति कटौती गर्ने भन्ने विषयमा ठूला तेल उत्पादक राष्ट्रहरु साउदी अरेबिया, रसिया र अरु तेल उत्पादक मुलुकहरुबीच मतैक्य नभएपछि यस्तो समस्या आएको हो ।

विश्वव्यापी तेल बजारमा देखिएको उथलपुथलकै कारण मध्यपूर्व र एसियाली शेयर बजारमा व्यापक गिरावट आएको छ । तेलको मूल्यमा गिरावट आउँदा दक्षिण कोरिया, जापान र चीनलाई फाइदा पुग्ने अवस्था देखिए पनि विषम अस्थिरताले अर्थतन्त्रलाई ठूलो नोक्सानी गर्नेछ । मानिसको यात्रामा कटौती भएका कारण ऊर्जाको मागमा कमी आएको छ । कोरोनाभाइरसका कारण अर्थतन्त्रको गति सुस्त हुनुको अर्थ मागमा कमी आउनु पनि हो ।

ताजा अपडेट

खोजी गर्नुहोस