चैत्र १०, काठमाण्डौ । आज साताको दोस्रो दिन सोमबार सुन ५ सयले बढेको छ । हिजो आइतबार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुन आज सोमबार ५ सयले बढेर प्रतितोला ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।
भने तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै चादँी यथावत् रही प्रतितोला ७ सय २० रुपैयामा कारोबार भइरहेको महासँघले जनाएको छ ।