सेलपे सेवामा रकम स्थानान्तरण (Fund Transfer) निःशूल्क

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र १०, सोमबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र १०, काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकमप्रा. लि. को सेलपे सेवाले हालको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुलकमगर्नको लागि चैत्र ९, २०७६ देखि बैशाख १८, २०७७ सम्मको लागि रकम स्थानान्तरण सेवा निशूुल्क उपलब्ध गराउने भएको छ ।

हालविश्व भरी फैलिदै गरेको कोरोनाभाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागिसरकारबाट कुनै पनिप्रकारको भिडभाड र हुलमुलनगर्न सुझाव आएको हुँदा, सेलपेका ग्राहकहरुले सेलप आफ्नो घरमै बसी सरल र सहज माध्यमबाट वास्तविक समयमा कुनै पनि सेलपेमा आबद्ध भएका बैंकहरुका ग्राहकलाई रकमस्थानान्तरण गर्दा कुनै पनि सेवा शूल्क नलाग्ने ब्यवस्था मिलाईएको छ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्तद्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ
1. बास्तविक समयमाभुक्तानी
2. बिनावालेट कारोबार गर्न सकिने
3.  सुरक्षित
4.  लोयल्टी पोइन्टसपाईने
सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुलभुक्तानी, विभिन्नपसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्रगरिने मनीट्रान्सफर, P2P, P2B, B2P, B2B आदिवास्तविक समयमागर्न सकिन्छ । यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्नहुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुकाग्राहकहरुले सहज रुपमा यो सेवालिन सक्नेछन् । सेलपे सेवागुगलप्लेस्टोर तथाएप्पल एप्पस्टोरमाउपलब्ध छ ।
सेलपे एप्प डाउनलोड गरीआजै आफ्नो बैंक खाता लिंक गर्नुहोस् ।

ताजा अपडेट

खोजी गर्नुहोस